नियम १६
औषधिको नमूनाको पुन परीक्षण वा विश्लेषण गर्न सकिने
(१) ऐन बमोजिम सजाय हुने कसूरको मुद्दासँग सम्बन्धित औषधिको नमूना पुन परीक्षण वा विश्लेषण गराउन औषधि धनीले चाहेमा निजले आ˚ूस“ग रहेको त्यस्तो औषधिको भा“डो सहित मुद्दा हेर्ने अधिकारी समक्ष निवेदन गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन परेपछि मुद्दा हेर्ने अधिकारीले पुन परीक्षण वा विश्लेषण गराउन मनासिब ठहराएमा त्यस्तो निवेदनसाथ प्राप्त भएको भाडोलाई कुनै विश्लेषक कहा“ पठाउनेछ र त्यसको सूचना विभागलाई दिनेछ ।
(३) उपनियम (२) बमोजिम पठाइएको औषधिको भा“डो प्राप्त भएपछि विश्लेषकले औषधिको नमूना परीक्षण वा विश्लेषण गरी त्यसको नतिजा अनुसूची–३ बमोजिमको ढा“चामा विभाग मार्˚त सम्बन्धित मुद्दा हेर्ने अधिकारी कहा“ पठाउनेछ ।